काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने नागरिकहरूको स्मृतिमा सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने र शोक दिवस मनाउने तयारी गरेको छ। नव नियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय गरेका हुन्।
उनका अनुसार शोक दिवस कहिले मनाउने भन्ने विषय मन्त्रिपरिषद्को बैठकले टुंगो लगाउने छ। साथै मृतक परिवारलाई तत्काल काजकिरिया खर्चका लागि एक लाख रुपैयाँ उपलब्ध गराइने निर्णय पनि गरिएको छ।
गृहमन्त्री अर्यालले आन्दोलनका क्रममा जीवन गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।


































