National life
cg eloctronics

जेनजी आन्दोलन प्रकरण : ओलीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२१ पुस २०८२, सोमबार
952Shares
जेनजी आन्दोलन प्रकरण : ओलीमाथि लगाइएको प्रतिबन्ध फुकुवा
ncell

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ। जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका ओलीमाथि आयोगले असोज १२ गते छानबिनका लागि स्थान हद तोकेको थियो। सो निर्णयअनुसार उनलाई विदेश भ्रमणमा रोक लगाइएको थियो भने काठमाडौँ उपत्यका बाहिर जान नपाउने व्यवस्था लागू गरिएको थियो।

आयोगका अनुसार जेनजी आन्दोलनको सन्दर्भमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा भएका कामकारबाहीबारे आवश्यक सोधपुछ तथा प्रक्रिया पूरा भइसकेकाले स्थान हद कायम राखिरहनु पर्ने औचित्य नरहेको ठहर गरिएको छ। त्यसैका आधारमा ओलीमाथि लगाइएको स्थान हद हटाउने निर्णय गरिएको आयोगले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि आइतबार ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा करिब साढे दुई घण्टा लामो बयान दिएका थिए। उक्त बयानपछि आयोगले छानबिन प्रक्रियामा आवश्यक सूचना प्राप्त भएको निष्कर्ष निकालेको बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
952SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?