National life

जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको सम्मानमा आज देशभर सार्वजनिक बिदा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असोज २०८२, बुधबार
527Shares
जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको सम्मानमा आज देशभर सार्वजनिक बिदा
ncell

काठमाडौँ  जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा सरकारले आज (बुधबार) देशभर सार्वजनिक बिदा दिएको छ। भदौ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गतेलाई राष्ट्रिय शोकको दिनका रूपमा घोषणा गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, सो निर्णयअनुसार नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ। साथै, राष्ट्रव्यापी रूपमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेन-जी पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप असोज १ गते बुधबार नेपालभर राष्ट्रिय शोक मनाउन मन्त्रिपरिषद्को निर्णय भएको छ।”

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
527SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?