काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज भने घटेको छ । हिजो मंगलबार मात्रै दोहोरो अंकले बढेको सेयर बजार आज ९.४३ अंकले घटेर २ हजार ७०५.३८ विन्दुमा बन्द भएको हो।
यद्यपी आज पनि कारोबार भने उत्साहजनक देखिएको छ । आज झण्डै ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको हो । आज २ करोड १६ लाख ४१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ८२ वटा कम्पनीको सेयर वृद्धि हुँदा १ सय ७४ कम्पनीको गिरावट भएको छ । भने तीन वटा कम्पनीको यथावत रहेको छ । त्यस्तै, आज कालिका पावरको शेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सर्वाधिक कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ ।
































