National life

झापा इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले कति कित्ता पाए शेयर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८२, बुधबार
1KShares
झापा इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले कति कित्ता पाए शेयर ?
ncell

काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बिहान बाँडफाँड गरिएको हो ।

कम्पनीले गत भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओमा १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड ३ लाख ५१ हजार ६७० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।

Royal Enfield
nic asia capital

हिमालयन क्यापिटलका अनुसार १८ लाख ३३ हजार ७३८ आवेदन सदर र ३४ हजार ४०३ आवेदन बदर भएका छन् । यसरी सदर आवेदनमार्फत १ करोड ९९ लाख ५४ हजार ८३० कित्ता सेयरका लागि खरिद आवेदन परेको हो ।

बाँडफाँडमा कुल ४७ हजार ३३३ जनालाई १० कित्ताका दरले ४ लाख ७३ हजार ३३० कित्ता सेयर वितरण गरिएको छ । बाँकी ६ जनालाई थप एक/एक कित्ताका दरले ६ कित्ता सेयर बाँडफाँड भएको छ ।

आईपीओको नतिजा मेरो सेयर एप तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?