काठमाडौँ । सुपर टाइफुन ‘रागासा’ को प्रभावका कारण नेपाल वायुसेवा निगमले काठमाडौँ–हङकङ र हङकङ–काठमाडौँका उडानको समय परिवर्तन गरेको छ।
कम्पनीले सेप्टेम्बर २३ तारिखका लागि तोकिएका उडानको समय परिमार्जन गर्दै नयाँ समय अनुसारको तालिका सार्वजनिक गरेको हो।
नयाँ तालिका अनुसार उडान नं. आरए ४०९ (काठमाडौँ–हङकङ) नेपाली समयानुसार बिहान ८ बजेलाई सारिउको छ ।
यस्तै उडान नं. आरए ४१० (हङकङ–काठमाडौँ) स्थानीय समयअनुसार दिउँसो ३ः४५ बजेका लागि तोकिएको छ ।
एअरलाइन्सले यात्रुहरूलाई हुने असुविधाप्रति क्षमायाचना गर्दै सम्पूर्ण समय स्थानीय समय अनुसार हुने जनाएको छ।



































