National life

डा.बाबुराम भट्टराईले नयाँ शक्तिको अध्यक्ष पदबाट दिए राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८२, बुधबार
1KShares
डा.बाबुराम भट्टराईले नयाँ शक्तिको अध्यक्ष पदबाट दिए राजीनामा
ncell

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेका छन्।

बुधबार बौद्धस्थित दीपज्योती बैंक्वेटमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा डा. भट्टराईले पदत्याग गर्ने प्रस्ताव पेस गरेका थिए, जसलाई केन्द्रीय समितिद्वारा स्वीकृत गरिएको जानकारी पार्टीका प्रवक्ता कृष्ण शर्माले राससलाई दिएका छन्।

Royal Enfield
nic asia capital

पदत्याग पश्चात पार्टीको महाधिवेशनसम्म उपाध्यक्ष दुर्गा सोबलाई संयोजक नियुक्त गरिएको छ। यसैगरी महासचिव सोनामसिंह स्याङ्तानलाई सदस्य सचिव र कृष्ण शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ।

केन्द्रीय सदस्य टङ्क धमलाका अनुसार नेसपा (नयाँ शक्ति)ले आउँदो फागुन महिनाभित्र आफ्नो विशेष महाधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?