National life

डेढ महिनापछि धितोपत्र बोर्डको काम सुरु , सेयर बजारमा राहत

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२४ कात्तिक २०८२, सोमबार
1KShares
डेढ महिनापछि धितोपत्र बोर्डको काम सुरु , सेयर बजारमा राहत
ncell

काठमाडौँ । डेढ महिनाभन्दा बढी समयदेखि कर्मचारी आन्दोलनका कारण ठप्प रहेको नेपाल धितोपत्र बोर्डको कामकारबाही आजदेखि नियमित रूपमा सुरु भएको छ।

कर्मचारीहरूको सेवा–सुविधा कटौती हुनेगरी अर्थ मन्त्रालयले पठाएको पत्रपछि सुरु भएको आन्दोलन कर्मचारीका माग पूरा हुनेगरी सहमति भएपछि अन्त्य भएको हो। सहमति पश्चात् आजदेखि सबै कर्मचारी नियमित काममा फर्किएका छन्।

आइतबार बोर्ड र मन्त्रालयबीच भएको छलफलमा मन्त्रालयले पठाएको पत्रको औचित्यबारे अध्ययन गर्न कानुन मन्त्रालयका सहसचिवको अध्यक्षतामा समिति गठन गर्ने निर्णय भएको थियो।

Royal Enfield
nic asia capital
उक्त समितिमा बोर्डका कर्मचारी संगठनका प्रतिनिधिहरू पनि रहने छन्। समितिले कर्मचारी सेवा–सुविधासम्बन्धी नियमावली र मन्त्रालयको पत्रबीचको सम्बन्धबारे अध्ययन गरी आवश्यक सिफारिस गर्नेछ।

कामकारबाही पुनः सुचारु भएसँगै सेयर निष्कासन अनुमति लगायत बोर्ड अन्तर्गतका सबै नियमित प्रक्रिया पुनः सुरु भएका छन्। अहिले बोर्डमा ७४ कम्पनीका करिब ५४ अर्ब १५ करोड रुपैयाँबराबरका साधारण शेयर (IPO) निष्कासनका लागि प्रतीक्षामा छन्। त्यस्तै, झन्डै ५ अर्ब ७५ करोडको हकप्रद शेयर र २३ करोड रुपैयाँ बराबरको एफपीओ (FPO) पनि स्वीकृतिको प्रतीक्षामा छन्।

आन्दोलनका क्रममा कर्मचारीहरूले बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गर्दै आएका थिए। सहमति भएपछि उक्त मागलाई फिलहाल होल्ड गरिएको कर्मचारीहरूले बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?