National life

तिहारमा लक्ष्मी मातालाई प्रसन्न बनाउन यी चिज चढाउनुहोस्

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०३ कात्तिक २०८२, सोमबार
1KShares
तिहारमा लक्ष्मी मातालाई प्रसन्न बनाउन यी चिज चढाउनुहोस्
ncell

काठमाडौं । तिहार भन्ने बित्तिकै हामी झिलिमिली बत्ती, रोटीका परिकार, फुल माला, ओखर,देउसी भैलो र समृद्धिको पर्व भनेर बुझ्दछौँ ।

दिपावलीमा मानिसहरूले धनकी देवी लक्ष्मीको पूजा गरी सुख र समृद्धिको आशीर्वाद प्राप्त गर्न अनेक प्रयत्न गर्दछन् ।

दीपावली पर्व हर्षोल्लासका साथ मनाइन्छ । हिन्दू पात्रो अनुसार दीपावली पर्व कात्तिक महिनाको नयाँ चन्द्रमामा मनाइन्छ ।

Royal Enfield
nic asia capital
यस दिन भगवान् गणेश र माता लक्ष्मीको पूजा गरिन्छ ।

दीपावलीको दिन दिपावलीले सारा पृथ्वी उज्यालो हुन्छ । दीपावलीको दिन भगवान् गणेश र माता लक्ष्मीलाई धेरै चीजहरू चढाइन्छ । आज हामी तपाईँलाई केही यस्ता कुराहरू बताउन गइरहेका छौँ, जुन वस्तु चढाउँदा लक्ष्मी मातालाई प्रसन्न पार्न सकिनाका साथै जीवनमा धन लाभको योग रहन्छ ।

दीपावलीका दिन देवी लक्ष्मीलाई र गणेशलाई खेल र बतासा चढाउनुपर्छ । खेल धानबाट बनेको अन्न हो भने बतासा मधेशमा पाइने भित्र खोक्रो भएको चिनीका एक प्रकारको मिठाई हो । यी वस्तु चढाउनु धेरै शुभ मानिन्छ । लक्ष्मी पूजामा भगवान् गणेश र देवी लक्ष्मीलाई सेतो वस्तु चढाउनु पनि शुभ मानिन्छ ।

पूजाको समयमा भगवानलाई मिठाई चढाउनुपर्छ, त्यसैले दीपावलीको दिन बतासा भगवान् गणेश र लक्ष्मीलाई भोगको रूपमा चढाइन्छ । यसका कारण घरमा ऐश्वर्य र वैभव कायम रहन्छ, दीपावलीको समयमा धान बाली तयार हुन्छ, त्यसैले दीपावलीको पूजामा गणेश र माता लक्ष्मीलाई नयाँ बालीको रूपमा खीर चढाइन्छ ।

दीपावलीको दिन लक्ष्मी मातालाई खीर र बतासा चढाएर शुक्र ग्रह प्रसन्न बनाउन सकिन्छ । शुक्र ग्रह माता लक्ष्मीसँग सम्बन्धित छ । शुक्र प्रसन्न हुँदा देवी लक्ष्मी प्रसन्न हुन्छिन् । दीपावलीको दिन माता लक्ष्मीको प्रसन्नताले देवी लक्ष्मी र भगवान् गणेशलाई प्रसन्न गरी घर परिवारमा सबैको सुख, समृद्धि, वैभव र स्वास्थ्य कायम रहन्छ ।

लक्ष्मी पूजामा के–के चढाउने ?

– खीरस् यो देवी लक्ष्मीको मन पर्ने चीज मध्ये एक मानिन्छ । दूधमा चामल पकाएर खीर बनाइन्छ ।

– गुडको हलुवास् यो हलुवा सूजी, गुड र सुख्खा फलफूलबाट बनाइन्छ । लक्ष्मी मातालाई भोगको रूपमा चढाउन सकिन्छ ।

– पञ्चामृतस् मह, दही, दूध, घिउ र चिनी मिलेर पञ्चामृत बनाइनछ । पूजाको समयमा देवीलाई चढाइन्छ । पछि यसलाई प्रसादको रूपमा वितरण वा ग्रहण गर्न सकिन्छ ।

– काजू बर्फीस् काजु बर्फीविना कुनै पनि चाडपर्व अधुरो हुन्छ । यो धेरै लोकप्रिय मिठाई हो । लक्ष्मी पूजामा पनि यो मिठाइ चढाउनु राम्रो मानिन्छ ।

– बुन्डी लड्डुस् दीपावलीमा लक्ष्मीसँगै भगवान् गणेशको पनि पूजा गरिने भएकाले बुुन्डी लड्डु वा लड्डु सामान्यतः भगवान् गणेशको मन पर्ने वस्तु हो ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?