काठमाडौँ । आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन अनुसार देशभरका करदाताबाट ठूलो मात्रामा कर बक्यौता अझै असुल हुन बाँकी रहेको स्पष्ट पारेको छ।
प्रतिवेदनअनुसार तीन लाख ३० हजार ९१२ जना करदाताबाट कुल रु दुई खर्ब ७५ अर्ब कर असुली बाँकी छ।यस मध्ये रु ९४ अर्ब ९५ करोड बक्यौता सामान्य करदाताबाट उठ्न बाँकी छ भने प्रशासनिक पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट मात्र रु एक खर्ब ८० अर्ब १० करोड असुल हुन बाँकी देखिएको छ।
आयकरतर्फ सबैभन्दा धेरै बक्यौता
कर बक्यौताको वर्गीकरण अनुसार हेर्दा आयकरतर्फको बक्यौता अत्यधिक देखिन्छ।
लक्ष्यअनुसार बक्यौता असुली कमजोर
आर्थिक वर्ष २०८१/८२ मा बक्यौता कर असुली लक्ष्य प्राप्तिमा विभागको प्रगति अपेक्षाकृत कमजोर देखिएको छ। आयकर बक्यौता असुली : लक्ष्य रु २२ अर्ब ७६ करोड, असुल रु ८ अर्ब ७१ करोड – ३८.२९% प्रगतिमूल्य अभिवृद्धि कर बक्यौता असुली : लक्ष्य रु १६ अर्ब ३३ करोड, असुल रु १० अर्ब ३३ करोड – ६३.२८% प्रगति
समायोजनतर्फ केही क्षेत्रमा उल्लेख्य प्रगति
बक्यौता समायोजनतर्फ भने मिश्रित परिणाम देखा परेको छ। आयकर समायोजन : लक्ष्य रु २७ अर्ब ३८ करोड, प्रगति रु २१ अर्ब ३९ करोड – ७८.०१% प्रगति मूल्य अभिवृद्धि कर समायोजन : लक्ष्य रु १८ अर्ब १७ करोड, समायोजन रु २२ अर्ब २९ करोड लक्ष्यभन्दा बढी १२२.६३% प्रगति देखिएको हो

































