National life

दल दर्ताको अन्तिम दिन : ७ नयाँ दर्ता ७ दल खारेज, १२२ दलले पायो मान्यता

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
1KShares
दल दर्ताको अन्तिम दिन : ७ नयाँ दर्ता ७ दल खारेज, १२२ दलले पायो मान्यता
ncell

काठमाडौं । निर्वाचन आयोगमा आज दल दर्ताको अन्तिम दिनसम्म कुल १२२ वटा दल दर्ता भएका छन्। आइतवार आयोजित पत्रकार सम्मेलनमार्फत आयोगले निर्वाचन घोषणा भएको दिनमै १२२ दल दर्ता भएकै संख्या अहिले पनि कायम रहेको जानकारी दिएको हो।

आयोगका अनुसार सो अवधिमा ७ वटा दल खारेज भएका छन् भने ७ नयाँ दलले दर्ता प्रमाणपत्र पाएका छन्।

खारेजीमध्ये एक दल सर्वोच्च अदालतको आदेशअनुसार र बाँकी ६ दल नेतृत्वकै आग्रहमा खारेज गरिएको आयोगले स्पष्ट गरेको छ।
Royal Enfield
nic asia capital

यसअघि भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा गरिएको थियो। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज दल दर्ताको अन्तिम दिन भए पनि दर्ता प्रक्रिया भने नियमितरूपमा निरन्तर चलिरहने आयोगले जनाएको छ।

प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन इच्छुक दलहरूले तोकिएको अवधिभित्र दर्ता प्रमाणपत्र लिएर सहभागी हुन पाउनेछन्। आयोगले मतदाता नामावली संकलन कार्य जारी रहेको र यो प्रक्रिया मंसिर ५ गतेसम्म चल्ने जानकारी दिएको छ।

शनिवार साँझसम्मको तथ्यांकअनुसार आयोगमा उपस्थित भई सनाखत गराउने २ लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रमार्फत आवेदन दिने २ लाख मतदाताको विवरण दर्ता भइसकेको आयोगले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?