National life
cg eloctronics

दल दर्ताको आज अन्तिम दिन : पाँच नयाँ दलले पाए मान्यता, दर्ता संख्या कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
1.2kShares
दल दर्ताको आज अन्तिम दिन : पाँच नयाँ दलले पाए मान्यता, दर्ता संख्या कति पुग्यो ?
ncell

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनमा सहभागी हुन दल दर्ता गराउने आज अन्तिम दिन हो। निर्वाचन आयोगले तोकेको म्याद आजबाट सकिदैँछ। आयोगका अनुसार शुक्रबारसम्म मात्रै २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएको जानकारी सार्वजनिक गरिएको थियो, जसमध्ये ५ दलले हालसम्म दर्ताको प्रमाणपत्र पनि प्राप्त गरिसकेका छन्।

नयाँ दर्ता प्राप्त दलमध्ये हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, र १० वाम दलहरू एकीकृत भएर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी (एकीकृत)’ प्रमुख छन्। यी सबै दललाई आयोगले आधिकारिक रूपमा दल दर्ता प्रमाणपत्र प्रदान गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल पनि आयोगबाट आधिकारिक मान्यता प्राप्त गरी निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम भएको छ। निर्वाचन घोषणा भएसँगै दल विभाजनबाट दुई नयाँ राजनीतिक शक्ति पनि उदाएका छन्। जनमत पार्टीबाट फुटेर बनेको ‘जनस्वराज पार्टी’ तथा नेपाल जनमुक्ति पार्टीबाट अलगिएर गठन भएको ‘राष्ट्रिय जनमुक्ति पार्टी’ दुवै दल आयोगमा दर्ता भइसकेका छन्।

यी सबै मिलेर अहिले निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२६ पुगेको आयोगले जनाएको छ। निर्वाचन नजिकिएसँगै दल दर्ता प्रक्रियामा तीव्रता आएपछि नयाँ दलहरूको उपस्थितिले राजनीतिक वातावरण अझै चहल–पहल भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?