National life

दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
345Shares
दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
ncell

काठमाडौँ । यस वर्षको दशैं, तिहारलगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।

मंगलबार काठमाडौँको मीनभवनस्थित यातायात व्यवस्था विभागमा बसेको बैठकले यात्रुहरूको घर फर्कने क्रम पहिल्यै सुरु भइसकेकाले यस वर्ष विशेष अग्रिम टिकट बुकिङको आवश्यकता नभएको निष्कर्ष निकालेको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार जेनजेड आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू बन्द हुँदा विद्यार्थीहरू पहिल्यै घर गइसकेकाले करिब ५० हजार मानिस गोंगबु बसपार्कबाट बाहिरिएको तथ्यांक छ ।

Royal Enfield
nic asia capital
त्यसैले दशैंलाई लक्षित गरेर छुट्टै टिकट प्रणाली सुरु नगरी, ३–४ दिन अगाडि नै टिकट लिने व्यवस्था मिलाइएको उनले बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडबाडमा यात्रुहरूलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउनेबारे सबै सरोकारवालासँग छलफल गरिएको जनाए ।

त्यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले यात्रुहरूको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए । उनले ठगी गर्ने वा यात्रुलाई दुःख दिने प्रवृत्तिलाई प्रहरीको निगरानीमा कडाइका साथ नियन्त्रण गर्ने चेतावनीसमेत दिए ।

प्रहरीले यस अवधिमा सहायता कक्षमार्फत यात्रुलाई सहयोग गर्ने र सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउन कटिबद्ध रहेको जनाएको छ ।












यो समाचार शेयर गर्नुहोस्
345SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?