National life

दशैंका ३ दिन काठमाडौँमा फोहोर संकलन नहुने, यस्तो छ कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असोज २०८२, बुधबार
418Shares
दशैंका ३ दिन काठमाडौँमा फोहोर संकलन नहुने, यस्तो छ कारण
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी दशैंका मुख्य दिनमा फोहोर संकलन नगर्ने भएको छ।

महानगरले जारी गरेको सूचनाअनुसार हिन्दु नेपालीहरूको महान पर्व बडादशैंको अवसरमा असोज १४, १५ र १६ गते फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरू घर फर्कने भएकाले सो दिनहरूमा नियमित संकलन सेवा बन्द हुनेछ।

साथै, अन्तिम विसर्जन स्थलसमेत बन्द रहने भएकाले यस अवधिमा नागरिकहरूले उत्पादन हुने फोहोरलाई स्रोतमै पृथकीकरण गरी सुरक्षित रूपमा घरमै राख्न विशेष आग्रह गरिएको छ।

महानगरले सार्वजनिक सडक वा खुला स्थानमा जथाभावी फोहोर नफाल्न अनुरोध गर्दै सामाजिक जिम्मेवारी वहन गर्न आग्रह गरेको छ।

Royal Enfield
nic asia capital
असोज १७ गतेदेखि भने फोहोर संकलन सेवा पूर्ववत् रूपमा सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
418SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?