काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूको महान् चाड विजया दशमी २०८२ का लागि टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ। समितिका सभापति प्रा.डा. माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।
समितिले विश्वभरबाट आएका जिज्ञासालाई ध्यानमा राख्दै विभिन्न मुलुकका स्थानीय समयअनुसार फरक–फरक साइत निर्धारण गरिएको जानकारी दिएको छ। शास्त्रीय परम्परा अनुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाइने भएकाले यो व्यवस्था गरिएको समितिले जनाएको छ।
नेपालमा काठमाडौंका लागि दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे निर्धारण गरिएको छ।
अन्य मुलुकमा टीकाको समय
-
भारत (दिल्ली): ११:४९ – अक्टोबर २
अमेरिका (न्यूयोर्क): ११:०५ – अक्टोबर १
अमेरिका (क्यालिफोर्निया): ११:२५ – अक्टोबर १
क्यानाडा (टोरन्टो): ११:५५ – अक्टोबर १
अष्ट्रेलिया (सिड्नी): ११:३१ – अक्टोबर २
अष्ट्रेलिया (मेलबर्न): ११:५३ – अक्टोबर २
जापान (टोकियो): ११:३१ – अक्टोबर २
दक्षिण कोरिया (सियोल): १०:५७ – अक्टोबर २
युएई (अबुधाबी): १०:५५ – अक्टोबर २
कतार (दोहा): १०:१३ – अक्टोबर २
मलेसिया (क्वालालम्पुर): ११:११ – अक्टोबर २
सिंगापुर: ११:०९ – अक्टोबर २
लन्डन (बेलायत): ०९:१७ – अक्टोबर २
पेरिस (फ्रान्स): ०९:५७ – अक्टोबर २
ओस्लो (नर्वे): १०:०३ – अक्टोबर २
लिस्बन (पोर्चुगल): ०९:२३ – अक्टोबर २
टेल अविभ (इजरायल): ११:३५ – अक्टोबर २
जिनेभा (स्विट्जरल्याण्ड): १०:२५ – अक्टोबर २
हङकङ: ११:४५ – अक्टोबर २
साउदी अरेबिया: १०:५५ – अक्टोबर २
याङ्गुन (म्यानमार): १०:२७ – अक्टोबर २
माल्टा: १०:५५ – अक्टोबर २


































