National life

दशैंभर मनसुनको प्रभाव कायम : विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असोज २०८२, आइतबार
986Shares
दशैंभर मनसुनको प्रभाव कायम : विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
ncell

काठमाडौँ । यस वर्षको दशैँ अवधिभर पनि मनसुनी वायुको प्रभाव कायमै रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले दशैँसम्मको मनसुनको अवस्था समेटेर विशेष मौसम बुलेटिन जारी गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुन वायु केही कमजोर भए पनि अझै पूर्ण रूपमा बहिर्गमन भएको छैन। सरदरमा मनसुन अक्टोबर २ तारिखतिर नेपालबाट बाहिरिने गरे पनि प्रत्येक वर्ष बहिर्गमनको समय फरक हुने गर्दछ।

Royal Enfield
nic asia capital
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार यस पटक दशैँ अवधिसम्म मनसुनी गतिविधि कायम रहने अनुमान गरिएको छ।

असोज १४ गते (महाअष्टमी) बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र साथै कोशी प्रदेशका पहाडी र तराई भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै असोज १५ गते (महानवमी) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

असोज १६ गते (विजयादशमी) का दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग, साथै कोशी प्रदेशका तराई तथा पहाडी क्षेत्र र मधेश तथा सुदूरपश्चिम प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा हुने विभागको अनुमान छ।

दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने भएकाले विभागले नागरिकलाई मौसमसम्बन्धी जानकारी नियमित लिन र सम्भावित जोखिमका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
986SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?