National life

दशैं नजिकिँदा पनि अग्रिम टिकट खोल्ने निर्णय अनिश्चित, उपत्यका छोड्ने यात्रु मर्कामा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
966Shares
दशैं नजिकिँदा पनि अग्रिम टिकट खोल्ने निर्णय अनिश्चित, उपत्यका छोड्ने यात्रु मर्कामा
ncell

काठमाडौं । दशैं सुरु हुन हप्ता दिन मात्र बाँकी रहँदा पनि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ कहिले खुल्ने भन्नेबारे अझै निर्णय हुन सकेको छैन। यस वर्ष घटस्थापना असोज ६ गते पर्छ, तर सरकारले टिकट बुकिङको विषयमा स्पष्ट निर्णय दिन नसक्दा यात्रुहरू अन्योलमा परेका छन्।

‘जेनजी’ आन्दोलनका कारण केही समय निषेधाज्ञा र कर्फ्यु लागेपछि जनजीवन प्रभावित भएको थियो। तर नयाँ सरकार गठनसँगै देशभर सामान्य अवस्था फर्किएको छ।

Royal Enfield
nic asia capital
गत शुक्रबारदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आए पनि अग्रिम टिकट अझै खुलाइएको छैन।

यसअघि सरकारले भदौ २९ गतेदेखि टिकट बुकिङ खुलाउने चर्चा गरे पनि आन्दोलनका कारण प्रक्रिया अघि बढ्न सकेन। आन्दोलन शान्त भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायीबीच शनिबार छलफल भएको थियो। सो छलफलले उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरेको भए पनि अग्रिम टिकटबारे टुंगो लगाउन सकेन।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार तत्कालको प्राथमिकतामा काठमाडौंमा रोकिएका यात्रुलाई सुरक्षितरूपमा गन्तव्यमा पठाउने निर्णय गरिएको छ। तर अग्रिम टिकट खुलाउने विषयमा भने सम्बन्धित निकायसँग थप छलफलपछि मात्रै निर्णय हुने उनले जानकारी दिए।

हरेक वर्ष करिब २० लाख यात्रु दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन्। यसपटक अग्रिम टिकट कहिले खुल्ने भन्ने स्पष्टता नआउँदा यात्रुहरू असहज भएको बताइरहेका छन्। यात्रुले सरकारलाई समयमै तयारी नगरेको भन्दै आलोचना गरेका छन्। व्यवसायीहरू भने एकैपटक ठूलो संख्यामा यात्रु उपत्यका बाहिरिने भएकाले व्यवस्थापन चुनौतीपूर्ण हुने तर्क गर्छन्।

यो समाचार शेयर गर्नुहोस्
966SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?