National life

दशैं यात्रामा कठिनाइ : देशका प्रमुख राजमार्ग अवरुद्ध, यात्रु मर्कामा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८२, मङ्गलबार
966Shares
दशैं यात्रामा कठिनाइ : देशका प्रमुख राजमार्ग अवरुद्ध, यात्रु मर्कामा
ncell

काठमाडौं । काठमाडौं उपत्यकाबाट चाडपर्व मनाउन गाउँ फर्किने यात्रुको संख्या दिनानुदिन बढ्दै गए पनि विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रुले ठूलो कठिनाइ भोगिरहेका छन्। मात्र पाँच दिनमै दुई लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन्। तर वर्षा र पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा गन्तव्य पुग्न यात्रुहरू बाध्य भएर सडकमै रोकिएका छन्।

पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोलामा सोमबार मध्यराति खसेको सुक्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको हो।

Royal Enfield
nic asia capital
बिहान एकतर्फी यातायात सञ्चालन गर्ने प्रयास भए पनि पुनः ठूलो पहिरो खसेपछि बाटो पूर्ण रूपमा बन्द भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो नआएमा करिब पाँच घण्टापछि मात्र सडक खुल्न सक्ने अनुमान गरिएको छ।
नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का अनुसार पहिरो पन्छाउने काम जारी छ तर मंगलबार अबेरसम्म समय लाग्ने देखिन्छ।

वैकल्पिक बाटोको आग्रह

पृथ्वी राजमार्ग बन्द भएकाले गोरखा, लम्जुङ, पोखरा जाने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ। साना तथा मझौला सवारीसाधन मलेखु (फुर्केखोला)–धादिङबेशी–आरुघाट–मध्यपहाडी राजमार्ग हुँदै गोरखा बजार भएर १२ किलो वा आँबुखैरेनी हुँदै पोखरा जान सकिनेछ।

अन्य राजमार्ग पनि अवरुद्ध

  • बिपी राजमार्ग : मनसुन अवधिभर सुरक्षा कारण राति ८ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक तथा यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

  • रसुवा–तिब्बत नाका : गत असार २४ गते रसुवागढीमा आएको बाढीले मितेरी पुल क्षति पु¥याएपछि नेपाल–चीन सीमा नाका अझै अवरुद्ध छ।

  • संखुवासभा (बरुणखोला, भोटखोला–४) : बाढीले ह्युमपाइप बगाएपछि खाँदबारी–थुमसुर जोड्ने कोशी राजमार्ग पूर्ण अवरुद्ध छ। वर्षा अवधिभर सडक सञ्चालन हुने सम्भावना न्यून देखिन्छ।

  • सिन्धुपाल्चोक (अरनिको राजमार्ग) : भोटेकोशी गाउँपालिका–२, कोदारीस्थित ईकु पहिरोमा सडक भासिँदा राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

  • संखुवासभा (मकालु गाउँपालिका–३) : खाँदबारी–किमाथांका सडकखण्डमा ठूलो पहिरो खसेर कोशी राजमार्ग फेरि बन्द भएको छ।

  • यो समाचार शेयर गर्नुहोस्
    966SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?