National life

दश सहरमा निःशुल्क वाइफाइ विस्तार गर्न दूरसञ्चार प्राधिकरण सक्रिय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
395Shares
दश सहरमा निःशुल्क वाइफाइ विस्तार गर्न दूरसञ्चार प्राधिकरण सक्रिय
ncell

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँसहित देशका दश सहरमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने तयारीलाई तीव्रता दिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबहालीसँगै गरेको पहिलो निर्णयलाई कार्यान्वयन गर्न प्राधिकरण सक्रिय बनेको हो।

प्राधिकरणका अनुसार काठमाडौँमा दुई महिनाभित्र र देशका अन्य नौ सहरमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ विस्तार गरिनेछ। यसका लागि इन्टरनेट सेवाप्रदायकहरूसँग छलफल भइरहेको उपनिर्देशक तथा सहायक प्रवक्ता प्रदीप पौड्यालले जानकारी दिए।

Royal Enfield
nic asia capital

निःशुल्क वाइफाइका लागि नयाँ स्थान छनोट, हाल सञ्चालनमा रहेका वाइफाइ सेवाको गुणस्तर सुधार, डेटा सुरक्षाको व्यवस्था, कति मात्रामा र कति समयसम्म निःशुल्क डेटा उपलब्ध गराउने जस्ता विषय समेटेर रणनीति बनाउन थालिएको छ।

“लागतका कारण केही चुनौती छन्, तर बजेट पहिले नै स्वीकृत भइसकेको छ। तत्काल कार्यान्वयन गर्नुपर्ने भएकाले मोडालिटीबारे छलफल भइरहेको छ,” पौड्यालले बताए। “सेवा प्रदायकको प्रतिक्रिया अनुसार रणनीति तय गरी अघि बढाइनेछ।”

प्राधिकरणले वाइफाइ ‘हटस्पट’ सञ्चालनसम्बन्धी विनियमावली, २०७५ अनुसार नै कार्यान्वयन गर्ने तयारी गरेको छ। तोकिएको समयसीमाभित्र सेवा सुरु गर्नुपर्ने भएकाले पहिलो चरणमा काठमाडौँलाई प्राथमिकता दिइनेछ।

“सबै प्रमुख सेवा प्रदायकसँग सहकार्य गर्दै वाइफाइ सेवा विस्तार गरिनेछ,” पौड्यालले स्पष्ट पारे। “मोबाइल सेवा प्रदायकदेखि एनसेल, नेपाल दूरसञ्चार र ठूला इन्टरनेट अपरेटरहरूसँग मिलेर कभरेज विस्तार अघि बढाइनेछ।”

यो समाचार शेयर गर्नुहोस्
395SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?