National life

दसैँ मनाउन उपत्यका छोड्नेको घुइँचो , ५ दिनमा २ लाख बराबरी यात्रु बाहिरिए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ असोज २०८२, सोमबार
1KShares
दसैँ मनाउन उपत्यका छोड्नेको घुइँचो , ५ दिनमा २ लाख बराबरी यात्रु बाहिरिए
ncell

काठमाडौँ । दसैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुहरूको चाप ह्वात्तै बढेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका तथ्याङ्कअनुसार असोज १ देखि ५ गतेसम्म मात्र २९ हजार ३६० सार्वजनिक सवारीमार्फत एक लाख ८९ हजार २१८ यात्रु काठमाडौँ उपत्यकाबाट विभिन्न जिल्लाका लागि बाहिरिएका छन्।

यात्रु चाप बढेसँगै यातायात क्षेत्रले ठूलो दबाब खेपिरहेको छ। उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरू – थानकोट, साँगा, दक्षिणकाली र बालाजुमा यात्रुको भीड देखिएको छ।

Royal Enfield
nic asia capital
तर, यस वर्ष सडकको दुरावस्था र बारम्बारको पहिरोका कारण यात्रुले बढी सास्ती व्यहोर्नुपरेको छ। विशेष गरी मुग्लिङ–नारायणघाट सडक खण्डमा पहिरो खस्दा बस घण्टौँ बाटोमै रोकिँदा यात्रुले गन्तव्यसम्म समयमै पुग्न नसकिएको गुनासो भन्दै गुनासो गरेका छन् ।

लगातारको वर्षा र पहिरोले राजमार्गमा सवारी सञ्चालन कठिन भएको नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ । “समयमै बस काठमाडौँ नपुग्दा यात्रुलाई पठाउन ढिलाइ भइरहेको र यसले व्यवस्थापनलाई नै चुनौती दिएको महासंघको भनाई छ।

यस्तो बाधा हुँदाहुँदै पनि यात्रुहरूको घर फर्कने चाहना भने रोकिएको छैन। गोङ्गबुस्थित नयाँ बसपार्कमा पछिल्ला दिनमा यात्रुको चाप निरन्तर बढिरहेको छ। अधिकांश यात्रुहरू अध्ययन, व्यापार र रोजगारीका लागि काठमाडौँ बस्दै आएका छन्। तर, चाडपर्वको बेला उनीहरू सामाजिक र सांस्कृतिक सम्बन्ध कायम राख्न आफ्ना गन्तव्यतिर फर्किरहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?