National life

दसैँ विशेष : तीन दिनमा १ लाख ३८ हजार बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिए

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
1KShares
दसैँ विशेष : तीन दिनमा १ लाख ३८ हजार बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिए
ncell

काठमाडौँ – घटस्थापना (असोज ६) पछिका तीन दिनमा १ लाख ३८ हजार २९६ यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, असोज ६ गते ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार, देशका विभिन्न क्षेत्रबाट अध्ययन, व्यापार र रोजगारीको लागि काठमाडौँ आएका व्यक्तिहरू दसैँ मनाउन घर फर्किएका हुन्। थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट यात्रु बाहिरिएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारका अनुसार, “पानी परेकाले राजमार्गमा पहिरो जाँदा सवारी साधनको आवतजावत प्रभावित भएको छ।

Royal Enfield
nic asia capital
विशेषगरी मुग्लिङ–नारायणघाट सडकखण्डमा घण्टौँ सवारी रोकिँदा समयमै बसहरु गन्तव्यतर्फ जान सकेका छैनन्।”

यसैबीच, काठमाडौँ गोँगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको चाप बढ्न थालेको छ। नयाँ बसपार्क सञ्चालन गर्ने लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले दैनिक ५०० बस बाहिरिने गरेको जानकारी दिएका छन । सामान्यतया दैनिक औसत २५० बस मात्रै बाहिरिन्थ्यो।

यात्रुको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घ–संस्थासँगको सहकार्यमा उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?