National life

“दसैं-तिहारमा यात्रुहरूलाई सहजता" - हवाई टिकट भाडा नबढाउने प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
3.9kShares
“दसैं-तिहारमा यात्रुहरूलाई सहजता" - हवाई टिकट भाडा नबढाउने प्रतिबद्धता
ncell

काठमाडौं – दसैं, तिहार र छठ पर्वको अवसरमा वायुसेवा कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडा दरभन्दा कममा टिकट उपलब्ध गराइरहेको र आगामी दिनमा पनि सोही दर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल वायुसेवा संघका अनुसार यात्रुहरूले चाडपर्वमा सहज यात्रा गर्न सकुन् भन्ने उद्देश्यले कर्मचारीहरू विशेष खटिएका छन्। संघले यात्रुबाट बढी भाडा लिइएको भन्ने गुनासो आएको उल्लेख गर्दै, वायुसेवा कम्पनीहरूले तोकिएको मूल्यभन्दा बढी टिकट बिक्री नगरेको स्पष्ट पारेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको अध्यक्षतामा असोज ८ गते बसेको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदाधिकारी तथा वायुसेवा कम्पनीका प्रतिनिधिहरूले पनि चाडपर्वको समयमा टिकट मूल्य बढाउने कुनै योजना नभएको जानकारी दिएका थिए।

संघका अनुसार हाल दुर्गम क्षेत्रहरूमा उडान चाप कम रहेको कारण त्यहाँ पनि निर्धारित दरमै टिकट उपलब्ध रहेका जनाएको छ ।

Royal Enfield
nic asia capital
यसले यात्रुहरूको सहजता र उपभोक्ता अधिकारको संरक्षण दुवै सुनिश्चित गर्ने काम गरेको संघले जनाएको छ। यस कदमलाई चाडपर्वको उच्च मागका बेला मूल्य नियन्त्रण र यात्रु सुविधामा प्रशासनिक सतर्कताको उदाहरण भएको भन्दै नागरिकले धन्यवाद समेत प्रकट गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
3.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?