National life

दीर्घ रोगी बिरामीका लागि निकाशा भयो ३५ करोड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ असार २०८१, सोमबार
519Shares
दीर्घ रोगी बिरामीका लागि निकाशा भयो ३५ करोड
ncell

काठमाडौं । दीर्घ रोगीहरुका लागि अर्थ मन्त्रालयले औषधि उपचार खर्च बापत ३५ करोड, २६ लाख १९ हजार रकम निकाशा गरेको छ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकाशा गर्नेसम्बन्धी फाइल सदर गरेका छन्।

उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले माशिक ५ हजार पाउँदै आएका छन् भने स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए ।

चालु आर्थिक वर्ष २०८०।८१ को बजेटबाट उक्त रकम निकाशा गरिएको मन्त्रालयले जनाएको छ ।

Royal Enfield
nic asia capital
उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुने जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
519SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?