काठमाडौं । लगातार दुई दिन उच्च अंकले बढेको शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा झरेको हो।
बजारमा आज ३१७ कम्पनीका ९४ लाख ८ हजार ६६३ कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सूचक घटे पनि केही समूहमा वृद्धि देखिएको छ। बुधबार निर्जीवन बीमा समूह १.५१ प्रतिशत, व्यापार समूह १.६५ प्रतिशत, फाइनान्स समूह १.३९ प्रतिशत र विकास बैंक समूह १.१३ प्रतिशतले बढेका छन्। तर बजारमा गिरावट आउँदा अन्य ११ उपसूचक राताम्मै भएका छन्।
सेयर बजारमा गिरावट आउँदा पनि माथिल्ले मैलुङखोला जलविद्युत कम्पनी, सिटी होटल र हिमस्टार उर्जा कम्पनीको सकरात्मक सर्किट लाएको छ ।



































