National life

दुर्घटनाग्रस्त सौर्य एयरको चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी पुरस्कृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ साउन २०८१, शुक्रबार
469Shares
दुर्घटनाग्रस्त सौर्य एयरको चालकलाई सकुशल उद्धार गर्ने छ जना प्रहरी पुरस्कृत
ncell

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापश्चात् विमान चालकलाई सकुशल उद्धार गरेका छ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल ६ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सम्मानित हुने प्रहरीहरूमा प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशी छन् । साउन ९ गते बिहान ११ बजेर ११ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने बित्तिकै खसेर दुर्घटना भएको थियो ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?