National life

देउवा निवास बुढानीलकण्ठमा जलेको पैसाबारे सरकारले अनुसन्धान गर्नुपर्ने विश्वप्रकाशको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असोज २०८२, शनिबार
939Shares
देउवा निवास बुढानीलकण्ठमा जलेको पैसाबारे सरकारले अनुसन्धान गर्नुपर्ने विश्वप्रकाशको माग
ncell

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जलेको भनिएको पैसाबारे सरकारले अनुसन्धान गर्नुपर्ने बताएका छन् । आज (शनिबार) मकवानपुरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सभापति देउवाको घरमा पैसा फेला परेको भनिएको घटना अनुसन्धानबाट टुंग्याउनुपर्ने बताएका हुन् ।

महामन्त्री शर्माले सामाजिक सञ्जालमा आएको प्रचारको पछि लाग्नुभन्दा पनि कि त पैसाबारे बुढानीलकण्ठले जवाफ दिनुपर्ने र होइन भने सरकारले अनुसन्धान गर्नुपर्ने बताए । ‘कि त यो पैसा आफ्नो हो कि होइन भन्ने कुरा बुढानिलकण्ठले जवाफ दिनुपर्‍यो।

Royal Enfield
nic asia capital
कि त सरकारले अनुसन्धान सुरु गर्नपर्‍यो । अवैध सम्पत्ति भेटिए सबैको सम्पत्ति छानबिन गर्नपर्‍यो,’– उनले भने ।

अवैध सम्पत्ति छानविनको सुरुवात आफैबाट गर्ने भए पनि आफू तयार रहेको विश्वप्रकाशले बताए । सभापति देउवाको घरमा सुनको पनि चर्चा रहेको बताउँदै उनले चर्चामा आएका सबै कुरा निष्पक्ष छानविन हुनुपर्ने बताए । जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले गत भदौ २४ गते देउवा निवास बुढानीलकण्ठमा आगजनी गरेका थिए । सो क्रममा देउवा निवासमा पैसाको थुप्रो जलिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
939SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?