काठमाडौँ । बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग र सडक अवरुद्ध भएका छन्। बिहीबार बिहान ८ बजेसम्मको जानकारी अनुसार ५ सडकखण्ड पूर्ण रूपमा बन्द र ४ सडकखण्ड एकतर्फी सञ्चालनमा छन्।
पूर्ण रूपमा अवरुद्ध सडकखण्डहरू:
चितवन: इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा बन्द।
संखुवासभा: कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका-४, बरुण र मकालु गाउँपालिका–एकुवामा सडक अवरुद्ध।
रसुवा: गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल–चीन नाकासम्म जोड्ने पुल बाढीका कारण बन्द।
रुकुम पूर्व: मध्यपहाडी लोकमार्ग अन्तर्गत भूमे गाउँपालिका-४, काँडाबगरमा सडक पूर्ण रूपमा अवरुद्ध।
एकतर्फी सञ्चालनमा रहेका सडकखण्डहरू:
रसुवा: उत्तरगया–५ स्थित गल्छी, त्रिशुली–मैलुङ–स्याफ्रु सडक।
बागलुङ: १३, कालाखोलास्थित कालीगण्डकी करिडोर।
नवलपरासी पूर्व: विनयी त्रिवेणी-२, विश्वकर्मा मन्दिरस्थित पूर्व–पश्चिम राजमार्ग।
नवलपरासी पूर्व: विनयी त्रिवेणी-२ कै पैसठ्ठीमोडस्थित पूर्व–पश्चिम राजमार्ग।
प्रहरी र सडक विभागले उद्धार र पुनःखुलाउने काम तीव्र गतिमा अघि बढाइरहेको जनाएका छन्। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवागमनमा सावधानी अपनाउन अनुरोध गरिएको छ।



































