National life

देशभर मनसुन सक्रिय : मध्यमदेखि भारी वर्षाको सम्भावना, बाढीको जोखिमप्रति सतर्क रहन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असोज २०८२, बुधबार
419Shares
देशभर मनसुन सक्रिय : मध्यमदेखि भारी वर्षाको सम्भावना, बाढीको जोखिमप्रति सतर्क रहन आग्रह
ncell

काठमाडौं — जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको र अरब सागर तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको जनाएको छ।

महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहने र बागमती, लुम्बिनी तथा देशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनीका तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ।

Royal Enfield
nic asia capital
मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा र कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले वर्षाका कारण पहिरो, गेग्रान बहाव र नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहेको बताउँदै यातायातसहित अन्य क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिएको छ। साथै, सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
419SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?