National life
cg eloctronics

द ब्रिटिश कलेजमा बार्गेनिङको आरोप : आन्दोलनको नाममा दुई करोड मागिएको खुलासा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२० पुस २०८२, आइतबार
1.1kShares
द ब्रिटिश कलेजमा बार्गेनिङको आरोप : आन्दोलनको नाममा दुई करोड मागिएको खुलासा
ncell

काठमाडौं। काठमाडौंको थापाथलीस्थित द ब्रिटिश कलेजमा अध्ययनरत दुई जना विद्यार्थीले आन्दोलनको नाममा कलेजसँग करिब दुई करोड रुपैयाँ माग गर्दै मोलमोलाई गरेको तथ्य सार्वजनिक भएको छ। अध्ययनकै क्रममा इन्टर्नशिपका लागि दुबई गएका केही विद्यार्थीलाई समेत नेपाल फर्कन बाध्य पारेर कलेजविरुद्ध अभिव्यक्ति दिन लगाई रकम असुल्ने प्रयास गरिएको कलेज स्रोतको दाबी छ।

पहिलो वर्षमा अध्ययनरत विद्यार्थी प्रियंका नेपालको अगुवाइमा दुबई पुगेका अन्य विद्यार्थीलाई विभिन्न प्रलोभन तथा चेतावनी दिँदै नेपाल फर्काएर कलेजविरुद्ध बोल्न दबाब दिइएको बताइएको छ। कलेजका अनुसार दुबईमा रहेका विद्यार्थीका लागि चारवटा इन्टर्नशिपका अवसर उपलब्ध गराइएको थियो, तर उनीहरू इन्टर्नशिप नगरी नेपाल फर्किएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुबईमा विद्यार्थीलाई ‘सानो काम लगाइएको’ तथा ‘श्रम शोषण गरिएको’ जस्ता आरोप लगाउँदै आएकी प्रियंका नेपाल स्वयं दुबई नपुगेको र सामाजिक सञ्जालमा भाइरल हुने उद्देश्यले सक्रिय रहेको आरोप कलेज पक्षले लगाएको छ। कलेजविरुद्ध आधारहीन टिप्पणी गर्दै दुबईमा इन्टर्नशिपमा रहेका विद्यार्थीलाई समेत नकारात्मक धारणा सार्वजनिक गर्न दबाब दिइएको, नेपाल फर्किएपछि आफूले तिरेको शुल्कभन्दा धेरै रकम माग गर्दै बार्गेनिङ गरिएको तथा कलेजप्रति तटस्थ धारणा राख्ने विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत नकारात्मक रूपमा ‘एक्सपोज’ गरिएको बताइएको छ।

यसका कारण कलेजमा अध्ययनरत धेरै विद्यार्थी स्वयं प्रियंका नेपालबाट मानसिक दबाब र हैरानी खेपिरहेको बताउँछन्।

त्यसैगरी, उक्त समूहले कलेजले लिँदै नलिएको शुल्कबारे पनि भ्रम फैलाएको पाइएको छ। कलेजको कुल शुल्क ६० लाख रुपैयाँ रहेको प्रचार गरिए पनि वास्तविकतामा ती विद्यार्थीहरूको पहिलो वर्षको शुल्क करिब २ लाख रुपैयाँ र दोस्रो वर्ष दुबईस्थित कलेजमा अध्ययन गर्दा साढे सात–साढे सात लाख रुपैयाँ मात्र रहेको कलेज प्रशासनले स्पष्ट पारेको छ।

दुबईबाट फर्किएका केही विद्यार्थी तथा उनीहरूका अभिभावकसँग कलेज प्रशासनले छलफल गरी समस्या समाधान गरिसकेको जनाइएको छ। तर, दुबई नै नपुगेकी प्रियंका नेपालले भने निरन्तर भद्दा माग राख्दै कलेजसँग मोलमोलाई गरिरहेको देखिएको कलेज पक्षको दाबी छ।

कलेज प्रशासनका अनुसार उनी हरेक वार्तामा उत्तेजित रूपमा प्रस्तुत हुने, शिक्षक तथा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भइसकेका छन्। उनको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनलाई साथ दिएका धेरै साथीहरूले समेत पछि हटेको बताइएको छ। कतिपय विद्यार्थीले व्यक्तिगत स्वार्थका लागि कलेज बदनाम गराउन अतिरञ्जित गतिविधि गरिएको आरोप लगाएका छन्।

कलेजका निर्देशक तथा कर्मचारीको उपस्थितिमा भएका छलफलमा समेत विद्यार्थीहरू उत्तेजित व्यवहारमा प्रस्तुत हुँदा कर्मचारीहरू त्रसित भएको जनाइएको छ। थप रूपमा, कलेज बाहिरका व्यक्तिहरूलाई भित्र्याई तोडफोड गर्ने विषयमा ह्वाट्सएप समूहमा छलफल भएको प्रमाण सार्वजनिक भएको कलेजले जनाएको छ। सोही क्रममा अपरिचित व्यक्तिहरू कलेज परिसरमा प्रवेश गरी कर्मचारीलाई धम्की दिने तथा कलेज भवन र सवारीसाधनमा आंशिक तोडफोड गर्ने घटना भएको बताइएको छ।

दुबईमा अध्ययनसँगै काम गरिरहेका विद्यार्थीहरूको भिडियो तथा फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दा उनीहरूको गोपनीयता उल्लङ्घन भएको भन्दै विद्यार्थीहरूले असुरक्षा महसुस गरेको बताएका छन्। कलेजमाथि प्रश्न उठाउने तर अरूको व्यक्तिगत गोपनीयताप्रति बेवास्ता गर्ने व्यवहारप्रति कलेजभित्र र बाहिर चर्को आलोचना भइरहेको छ।

यसैगरी, कलेज छोडिसकेका शिक्षकहरूमाथि आरोप लगाउने, उच्च स्वरमा बोल्ने, कलेज सञ्चालकप्रति अभद्र व्यवहार गर्ने जस्ता गतिविधि गरिएको तथा केही बीएचएम (BHM) विद्यार्थीले उत्तेजनामा कलेजका शिक्षकलाई कोठाभित्र थुनेको घटनासमेत सार्वजनिक भएको कलेज प्रशासनले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?