National life
cg eloctronics

 धरान उपमहानगरको बजेट पारित, असोज ४ गते नगरसभामा प्रस्तुत हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असोज २०८२, शुक्रबार
463Shares
 धरान उपमहानगरको बजेट पारित, असोज ४ गते नगरसभामा प्रस्तुत हुने
ncell
काठमाडौं। लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले अन्ततः चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट पारित गरेको छ । अब यो बजेट यही असोज ४ गते नगरसभामा अनुमोदनका लागि प्रस्तुत गरिने भएको छ ।
आज बसेको कार्यपालिका बैठकले रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजार बराबरको कुल बजेट पारित गरेको हो ।
यसअघि भदौ २६ गते नगरसभा गर्ने तयारी भए पनि जेनजी आन्दोलनका क्रममा धरानमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण कार्यक्रम स्थगित भएको थियो । कानुन अनुसार प्रत्येक आर्थिक वर्षको बजेट असार मसान्तभित्र पारित हुनुपर्ने भए पनि यसपटक तीन महिनापछि मात्र प्रक्रिया अघि बढेको हो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजेट अभावका कारण विगत तीन महिनादेखि धरान उपमहानगरपालिकामा विकास निर्माण, कर्मचारी पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक सेवा र आर्थिक कारोबार ठप्प भएका थिए । नगरप्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रविक्रम बेघाबीच श्रमदान कार्यक्रम, प्रशासकीय निर्णय र बजेट सिलिङसम्बन्धी मतभेदकै कारण कार्यपालिका बैठक बस्न सकेको थिएन् ।
गत वैशाख ३० गते उपप्रमुख बेघाको नेतृत्वमा सम्पन्न राजस्व परामर्श समितिले करिब रु एक अर्ब ६० करोड १५ लाखको बजेट प्रस्ताव गरेको भए पनि अन्तिम चरणमा मतभेद चर्किँदा प्रक्रिया अघि बढ्न सकेको थिएन । जनप्रतिनिधिबीचको असहमति र राजनीतिक समन्वयको कमीले नगर विकास प्रभावित भएको स्वीकार गर्दै उपमहानगरपालिकाले अब भने बजेट पारित भएपछि काम अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
कार्यपालिका बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । साथै, आन्दोलनकै क्रममा भक्तपुरमा गोली लागेर निधन भएका धरान–५ का साजन मेवाहाङ राईका दुई छोराका लागि रु पाँच लाखको शैक्षिक कोष स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?