National life
cg eloctronics

धितोपत्र बोर्डमा देखिएको अन्योल अन्त्य गर्न मर्चेण्ट बैंकर्स संघको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ असोज २०८२, मङ्गलबार
1.1kShares
धितोपत्र बोर्डमा देखिएको अन्योल अन्त्य गर्न मर्चेण्ट बैंकर्स संघको आग्रह
ncell

काठमाडौँ । नेपाल मर्चेण्ट बैंकर्स संघले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा जारी अन्योलता र प्रशासनिक स्थगनको अवस्थाबारे गम्भीर ध्यानाकर्षण जनाउँदै शीघ्र समाधानका लागि सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।

संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै बोर्डमा आन्दोलनरत कर्मचारीहरूसँग सकारात्मक संवाद र सहमतिको माध्यमबाट यथाशीघ्र समाधान खोज्न नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरेको हो।

संघका अनुसार नेपाल सरकार र अर्थ मन्त्रालयले २०८२ साल भाद्र ३१ गते धितोपत्र बोर्डका कर्मचारीहरूको सेवा–सुविधा सम्बन्धी निर्देशन जारी गरेपछि उत्पन्न असमझदारीका कारण पछिल्ला तीन सातादेखि कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। त्यसका कारण बोर्डमा सञ्चालन हुने नियमित प्रशासनिक र नियामक कामहरू ठप्पसरह भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संघले भनेको छ, “बोर्डमा मर्चेण्ट बैंकर्सले बुझाउनु पर्ने विवरण तथा कागजातहरू पेश गर्न नसक्नुका साथै धितोपत्रको सार्वजनिक निष्काशन, स्वीकृति प्रक्रिया र अन्य नियामक कार्यहरू ठप्प हुनुले पूँजी बजारमै असर पारेको छ।”

संघले यस अवस्थालाई पूँजी बजारको स्थायित्व, पारदर्शिता र लगानीकर्ता विश्वासका लागि चिन्ताजनक बताउँदै तत्काल समस्या समाधानमा सबै पक्षको ध्यानाकर्षण गराएको छ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशको वर्तमान आर्थिक र राजनीतिक जटिलताबीच पूँजी बजार नियामक निकायमै अस्थिरता सिर्जना हुनु दुर्भाग्यपूर्ण हो। सम्बन्धित निकायले यथासमयमा पहल नगरेमा बजारमा थप असहजता र अनिश्चितता बढ्ने खतरा छ।”

संघले नेपाल धितोपत्र बोर्ड मातहतका सङ्गठित संस्था, सूचीकृत कम्पनीहरू तथा पूँजी बजारका अन्य सहभागीहरूको निरन्तर नियमन, सुपरिवेक्षण र पूँजी बजार सुधार कार्यदलका सुझावहरू कार्यान्वयन गर्नुपर्ने महत्वपूर्ण समयमा यस्तो अवस्था आउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेको छ।

संघले अन्तर्राष्ट्रिय धितोपत्र नियामक संघ (IOSCO) का सिद्धान्त उद्धृत गर्दै नियामक निकायहरूको स्वायत्तता, संस्थागत निरन्तरता र स्थायित्व कायम रहनु अपरिहार्य भएको स्मरण गराएको छ। विज्ञप्तिमा अन्त्यमा भनिएको छ, “धितोपत्र बोर्डको स्वायत्तता, पूँजी बजारको स्थायित्व र लगानीकर्ता विश्वासलाई सुदृढ बनाउन बोर्ड र कर्मचारीबीच सकारात्मक संवाद र सहमतिको माध्यमबाट तत्काल समाधान निकालिनुपर्छ।”

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?