National life

धितो कर्जा नीति सहज हुँदा समेत शेयर बजारमा निरन्तर गिरावट, ३ अर्बमा खुम्चियो कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३० असोज २०८२, बिहिबार
1.1kShares
धितो कर्जा नीति सहज हुँदा समेत शेयर बजारमा निरन्तर गिरावट, ३ अर्बमा खुम्चियो कारोबार
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। बजारमा आएको निरन्तर गिरावटले लगानीकर्तामा निराशा थपिएको छ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जासम्बन्धी सबै सीमा हटाएको छ। साथै, बैंक तथा वित्तीय संस्थाहरूले खरिद गरेको शेयर कम्तीमा एक वर्षसम्म होल्ड गर्नुपर्ने प्रावधान घटाएर ६ महिनामा झारेको छ।

Royal Enfield
nic asia capital
त्यसैगरी, वर्षभित्र २० प्रतिशत मात्र शेयर बिक्री गर्न सक्ने सीमा पनि हटाइएको छ।

यस्तो नीतिगत सहजता आए पनि बजारले तत्काल सकारात्मक प्रतिक्रिया देखाएको छैन। धितो कर्जाको वृद्धिदर गत वर्षको तुलनामा कम रहँदा ठूलो लगानी क्षमता भएका लगानीकर्ताले बढी कर्जा लिँदै बजारमा प्रभाव देखाइरहेका छन् भने साना लगानीकर्ताहरू अझै हिचकिचाइरहेका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १८.४० अंकले घटेर २४८७.१७ बिन्दुमा कायम भएको छ। आज ३११ कम्पनीका ७६ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको कारोबार भएको हो।

उपसूचकहरूमा पनि मिश्रित प्रभाव देखिएको छ। वाणिज्य बैंक समूह ०.०२ प्रतिशत र म्युचुअल फण्ड समूह ०.२१ प्रतिशतले उकालो लाग्दा अन्य ११ समूह राताम्य बनेका छन्। विकास बैंक समूह १.१५ प्रतिशतले र फाइनान्स समूह १.२८ प्रतिशतले घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?