National life

नयाँ पुस्ताको सम्मान र जनपक्षीय जीवनशैलीमा एमाले महासचिव पोखरेलको जोड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ असोज २०८२, बुधबार
396Shares

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले जेनजी आन्दोलनको आवरणमा गरिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गर्नुपर्नेमा जोड दिएका छन्।

पोखरेलले पार्टी गतिविधि नयाँ पुस्ताको विश्वास जित्नेगरी अघि बढाउनुपर्ने र जनतासँगको सम्बन्ध जीवन्त र घनिष्ठ बनाउनुपर्ने बताए । उनले भने, "जनपक्षीय जीवनशैली र आचरणमा जोड दिऔँ।

ncell
Royal Enfield
आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पङ्क्तिको मनोबल उच्च बनाऔँ। संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ। लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ। जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ।"

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
396SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?