National life

नवनियुक्त तीन मन्त्रीले लिए शपथ, अन्तरिम सरकारले पायो पूर्णता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
438Shares
नवनियुक्त तीन मन्त्रीले लिए शपथ, अन्तरिम सरकारले पायो पूर्णता
ncell

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच अर्थ मन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् ।

तीनै मन्त्रीलाई आइतबार साँझ अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले नियुक्त गरेकी थिइन्। बाँकी मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री कार्कीले आफैं सम्हाल्ने भएकी छन्।

Royal Enfield
nic asia capital
शपथ ग्रहणपछि मन्त्रीहरूले आजै सिंहदरबार पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको छ।

मन्त्रीहरूको पृष्ठभूमि

रामेश्वर खनाल : पूर्वअर्थ सचिव खनालले दीर्घकालीन आर्थिक सुधार, सुशासन र पारदर्शिताका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्।

कुलमान घिसिङ : नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ प्राधिकरणमा काम गर्ने क्रममा ‘लोडसेडिङ अन्त्य’ अभियानका कारण चर्चित बनेका थिए।

ओमप्रकाश अर्याल : अधिवक्ता अर्याल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति खारेज गराउन दायर गरिएको मुद्दामार्फत सार्वजनिक चासोमा आएका थिए।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै सरकारलाई संस्थागत स्वरूप दिँदै मुलुकलाई स्थायित्वतर्फ उन्मुख गराउने प्रयास भएको विश्लेषण गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
438SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?