National life

चोरिएका सामान फिर्ता गर्न नागरिक उड्डयन प्राधिकरणको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
409Shares
चोरिएका सामान फिर्ता गर्न नागरिक उड्डयन प्राधिकरणको आग्रह
ncell

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बबरमहलस्थित प्रधान कार्यालय तथा देशभरका कार्यालयहरूबाट चोरी र लुटपाट भएका सामान फिर्ता दिन आग्रह गरेको छ।

भदौ २४ गते प्राधिकरणको मुख्य भवन र अन्य कार्यालयहरूमा तोडफोड, आगजनी, चोरी तथा लुटपाट भएको थियो। सो क्रममा टीभी, कम्प्युटर, माइक्रो ओभन, हार्डडिस्क, स्क्यानर, प्रिन्टर, मोनिटर, ल्यापटप, हेडसेट, फर्निचर लगायतका सामान चोरी भएको पाइएको छ।

कार्यालयले सीसीटीभी फुटेजमार्फत संलग्न व्यक्तिहरूको पहिचान भइरहेको बताउँदै मातहतका कार्यालयबाट लगेका सामान स्वेच्छाले फिर्ता गर्न आग्रह गरेको छ।

Royal Enfield
nic asia capital
साथै, फिर्ता नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ।

यसै क्रममा, प्राधिकरणको बबरमहलस्थित कार्यालयमा विभिन्न विभागका महत्त्वपूर्ण कागजात समेत जलाइएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
409SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?