National life
cg eloctronics

निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरी भर्ना सुरु : यी हुन आवश्यक मापदण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२४ पुस २०८२, बिहिबार
1KShares
निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरी भर्ना सुरु : यी हुन आवश्यक मापदण्ड
ncell

काठमाडौं : आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सरकारले देशभर करिब १ लाख ३४ हजार म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरेको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९ सय ८० जनाको भर्ना प्रक्रिया सुरु गर्दै दरखास्त आह्वान गरेको छ।

इच्छुक व्यक्तिले आगामी शुक्रवारदेखि एक हप्ताभित्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर आवेदन दिन सक्नेछन्। म्यादी प्रहरीमा भर्ना हुनका लागि उमेर १८ देखि ५४ वर्षका नेपाली नागरिकले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

भर्नाको लागि पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट र तौल ५० केजी, महिलाको न्यूनतम उचाइ ४ फिट १० इन्च र तौल ४२ केजी तोकिएको छ। साथै, पूर्व नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वनरक्षकबाट अवकाश पाएका व्यक्तिहरूलाई प्राथमिकता दिइने जानकारी दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ। चयन भएका उम्मेदवारले नेपाल प्रहरीका जवानको सुरु तलब स्केल अनुसार दैनिक ८ सय ६९ रुपैयाँ ४० पैसा, कुल ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन्। यसबाहेक, उनीहरूलाई रासन बापतको रकम सम्बन्धित जिल्लाको दरअनुसार, गाडी भाडा ८ सय ४६ रुपैयाँ र ४ दिनको खाजा खर्च १ हजार २ सय रुपैयाँ, साथै पोसाकको रकम पनि प्रदान गरिनेछ। सबै भुक्तानी व्यक्तिगत बैंक खातामा जम्मा गरिने व्यवस्था गरिएको छ।

छनोट प्रक्रिया आगामी माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ। कर्तव्य पालनाको क्रममा घाइते भएमा उपचार खर्च, र मृत्यु भएमा आश्रित परिवारलाई सरकारद्वारा तोकिएको क्षतिपूर्ति उपलब्ध गराइने छ।

यदि करार अवधि नसकिँदै काम छाड्नुपर्ने अवस्था आएमा २० दिन वा सोभन्दा बढी काम गरेका म्यादी प्रहरीले काम गरेको दिनसम्मको सेवा सुविधा प्राप्त गर्नेछन्। निर्वाचन स्थगित वा रद्द भएमा भर्ना स्वतः रद्द हुने, र अन्य प्रक्रियाहरू ‘एकीकृत कार्यविधि (२०८२)’ अनुसार सञ्चालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?