National life
cg eloctronics

निर्वाचन क्षेत्रका जनताले गरे डा. सुनिल शर्मालाई नौमती बाजासहित भव्य सम्मान

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२५ कात्तिक २०८२, मङ्गलबार
1.1kShares
निर्वाचन क्षेत्रका जनताले गरे डा. सुनिल शर्मालाई नौमती बाजासहित भव्य सम्मान
ncell

काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित गोहिहोली खोलामा निर्माण हुन लागेको पुल सोमबार एक विशेष समारोहबीच शिलान्यास गरिएको छ। करिब ३० वर्षदेखि स्थानीयको मुख्य आवश्यकता मानिँदै आएको सो पुलको शिलान्यास कार्यक्रममा पूर्व सांसद एवं नेपाली कांग्रेसका युवा नेता डा. सुनिल शर्मालाई स्थानीयले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमाला सहित भव्य स्वागत गरेका थिए।

कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पुल शिलान्यास स्थलमा बिहानैदेखि नै स्थानीय बासिन्दाहरूको भीड लाग्नुका साथै उत्साह, उमङ्ग र हर्षोल्लासको वातावरण देखिन्थ्यो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्थानीयका अनुसार गोहिहोली खोलामा पुल नहुँदा यहाँको जनजीवन लामो समयदेखि प्रभावित हुँदै आएको थियो। वर्षायाममा आवत–जावत जोखिमपूर्ण मात्र होइन, स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमै बाधा पर्ने समस्या थियो। “हामीले यो पुलका लागि वर्षौँदेखि माग गर्दै आएका थियौं, आज त्यो सपना पुरा हुँदैछ,” स्थानीयले खुसी व्यक्त गरे।

पिपलचोकलाई किरातिचोकसँग जोड्ने सो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने भएको छ। पुल बनेपछि करिब हजारौँ जनताको दैनिक आवत–जावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र स्थानीय व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

 डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा उभिन थालेका छन्। राजनीतिमा जनविश्वास घट्दै गएको समयमा भ्रष्टाचारविरुद्धको स्पष्ट आवाज, व्यवहारिक नेतृत्वशैली र सेवा–धर्ममा आधारित कार्यशैलीले शर्माप्रति स्थानीयको भरोसा झनै गहिरिँदै गएको सर्वसाधारणले खुलेर व्यक्त गरे।

सो अवसरमा मेयर मोहन तुम्वापोले नगरपालिकाले समन्वय, सहयोग र निगरानीमार्फत निर्माणलाई प्राथमिकतामा राख्ने बताए भने प्रदेश सांसद गीता तिम्सिनाले पुल निर्माणले स्थानीय विकासको नयाँ अध्याय सुरु गर्ने बताइन्। आफ्नै आँखै अगाडि प्रतीक्षित संरचना निर्माणको शुरुवात देख्न पाएका स्थानीयहरू खुसी र आशावादी देखिन्थे। नौमती बाजाको सुरिलो धुन र फूलमालाको स्वागतबीच सम्पन्न कार्यक्रमले आज पथरीशनिश्चरेमा विकासको नयाँ आशा फेरि एकपटक प्रबल रूपमा गुञ्जियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?