National life

निर्वाचन खर्च पारदर्शी बनाउन आयोगको कडाइ, २५ हजारभन्दा बढी सहयोग लिन नपाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
1KShares
निर्वाचन खर्च पारदर्शी बनाउन आयोगको कडाइ, २५ हजारभन्दा बढी सहयोग लिन नपाउने
ncell

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवार र दलहरूले २५ हजार रुपैयाँभन्दा बढी नगद सहयोग लिन नपाउने व्यवस्था प्रस्ताव गरेको छ।

सोभन्दा बढी योगदान वा सहयोग प्राप्त गर्नुपर्ने अवस्थामा अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत रकम लिनुपर्ने आयोगले स्पष्ट गरेको छ। आयोगले रायसुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदाअनुसार मनोनयन दर्ता गर्ने क्रममा उम्मेदवारले निर्वाचनमा खर्च गर्न लागेको अनुमानित लागत र त्यसको स्रोतसमेत खुलाउनुपर्ने व्यवस्था राखिएको छ।

मस्यौदाको दफा १६ अनुसार दल तथा उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च छुट्टै बैंक खातामार्फत गर्नुपर्ने, खर्च व्यवस्थापनका लागि जिम्मेवारीप्राप्त पदाधिकारी तोक्नुपर्ने तथा व्यक्ति वा संस्थाबाट प्राप्त स्वेच्छिक सहयोग नगदका रूपमा लिएमा त्यसको रसिद उपलब्ध गराई सो रकम तोकिएको खातामा अनिवार्य जम्मा गर्नुपर्ने उल्लेख छ।

Royal Enfield
nic asia capital

प्रस्तावित आचारसंहितामा निर्वाचन अवधिभर दुष्प्रचार, मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्तिजस्ता गतिविधि प्रतिबन्धित गरिएका छन्। साथै स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारका विभिन्न तहदेखि राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षक, सञ्चार माध्यम तथा पत्रकार सबैलाई आचारसंहिताको पालना बाध्यकारी गराइएको छ।

आयोगले मस्यौदामा रायसुझाव दिन मंसिर ७ गतेसम्म दर्ता भएका राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, सरोकारवाला र आम नागरिकलाई आग्रह गरेको छ। यसैसँगै आयोगले आजै प्रतिनिधिसभा निर्वाचनको कार्यक्रम पनि सार्वजनिक गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?