National life

नेगेटिभ सर्किटपछि अर्थमन्त्री खनालको ‘एक्सन’ : लगानीकर्ता मनोबल बढाउन कार्यदल गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ असोज २०८२, शुक्रबार
1.1kShares
नेगेटिभ सर्किटपछि अर्थमन्त्री खनालको ‘एक्सन’ : लगानीकर्ता मनोबल बढाउन कार्यदल गठन
ncell

काठमाडौं। बिहीबार नेगेटिभ सर्किट लाग्दै सेयर बजार स्थगित भएपछि अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजारमा तत्काल ‘एक्सन’ लिनु पर्ने निर्णय गरेका छन् । उनले बजारमा देखिएका विसंगति, समस्या र आम लगानीकर्ताको मनोबल वृद्धि गर्न आवश्यक कदमका लागि सुझाव तयार गर्न कार्यदल गठन गरेका छन् ।

शुक्रबार धितोपत्र बोर्ड (सेबोन) का कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको छ। कार्यदलका सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल रहेका छन् भने अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्यसचिव तोकिएको छ ।

Royal Enfield
nic asia capital

कार्यदलले लगानीकर्ताको मनोबल वृद्धि गर्न आवश्यक प्रणालीगत र प्रक्रियागत सुधारका सुझाव तयार गर्दै ५ दिनभित्र अर्थमन्त्रीसमक्ष ठोस कार्यान्वयन कार्ययोजना पेश गर्ने जिम्मेवारी पाएको छ । आर्थिक विश्लेषकहरूका अनुसार, कार्यदलको पहलले सेयर बजारमा देखिएको अस्थिरता कम गर्न र लगानीकर्ताको विश्वास पुनर्स्थापना गर्न महत्वपूर्ण कदम सावित हुन सक्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?