National life

नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुग्यो , महिला र पुरुषको अन्तर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
682Shares
नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुग्यो , महिला र पुरुषको अन्तर कति ?
ncell

काठमाडौँ। नेपालको साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । यस अगाडि राष्ट्रिय जनगणना २०७८ ले साक्षरता दर ७६.३ प्रतिशत रहेको थियो ।

Royal Enfield
nic asia capital

नेपाल जीवनस्तर सर्वेक्षण २०२२-२३ ले नेपालको साक्षरता दर ७७ प्रतिशत नाघेको देखाएको छ। यसअघि यो ५ वर्ष सोभन्दा बढी उमेरका कुल जनसङ्ख्याको साक्षरता दर हो । पुरुषको साक्षरता दर ८५.८ प्रतिशत रहेको छ भने महिलाको साक्षरता दर ७०.१ प्रतिशत रहेको छ । यो तथ्यांक अनुसार महिलाको तुलानामा पुरुष साक्षरता दर बढी रहेको छ ।

१५ वर्ष र सोभन्दा माथिको साक्षरता दर भने ७२.५ प्रतिशत रहेको छ । जसमा महिलाको साक्षरता दर ६४.१ प्रतिशत र पुरुषको साक्षरता दर ८२.९ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

प्रदेशगत रुपमा ५ वर्ष र सोभन्दा माथिको साक्षरता दरलाई हेर्दा सबैभन्दा धेरै साक्षरता गण्डकी प्रदेशमा रहेको छ भने सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । गण्डकीमा ८३.४ प्रतिशत साक्षरता रहेको छ । मधेशको साक्षरता दर ६८.३ प्रतिशत रहेको छ ।

महिला साक्षरता दर सबैभन्दा धेरै बागमतीमा देखिन्छ । यस प्रदेशमा ७६.८ प्रतिशत महिला साक्षरता दर रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा रहेको छ । यस प्रदेशको साक्षरता दर ५९.९ प्रतिशत रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
682SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?