National life

नेपालमा ‘मोन्था’ चक्रवातको प्रभाव बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|११ कात्तिक २०८२, मङ्गलबार
933Shares
नेपालमा ‘मोन्था’ चक्रवातको प्रभाव बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म
ncell

बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि देखिने भएको छ। आज मंगलबार राति भारतको आन्द्र प्रदेश प्रवेश गर्ने चक्रवात विस्तारै कमजोर हुँदै बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित गर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाका साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ।

Royal Enfield
nic asia capital
साथै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावनासमेत छ।

विभागका अनुसार उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्ने अनुमान छ। साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने ससाना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना छ।

विशेष गरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी तथा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेहथूम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने विभागको प्रक्षेपण छ।

यो समाचार शेयर गर्नुहोस्
933SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?