National life
cg eloctronics

नेपाली दूतावास कुवेतको अनुरोध : हवाई उडानबारे नियमित जानकार र सतर्क रहनु

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२५ फागुन २०८२, सोमबार
1KShares
नेपाली दूतावास कुवेतको अनुरोध : हवाई उडानबारे नियमित जानकार र सतर्क रहनु
ncell

काठमाडौं। कुवेतस्थित नेपाली दूतावासले त्यहाँका आधिकारिक निकायबाट जारी सूचना र निर्देशनहरू पालना गर्न नेपाली नागरिकलाई पुनः अनुरोध गरेको छ। पश्चिम एसियाली क्षेत्रको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै तेस्रोपटक सावधानी अपनाउन भनिएको हो।

कुवेतको हवाई क्षेत्र खुलिसकेपछि मात्र नियमित उडानहरू सञ्चालन हुने भएकाले यात्राका लागि अद्यावधिक जानकारी कुवेत उड्डयन प्राधिकरणको वेबसाइट मार्फत हेर्न र सम्बन्धित एयरलाइन वा ट्राभल एजेन्सीसँग सम्पर्कमा रहन दूतावासले सुझाएको छ।

साथै, कुवेत सरकारले भिसा सम्बन्धी नियममा परिमार्जन गरेको जानकारी दूतावासले दिएको छ। भिजिट भिसा होल्डरहरूको भिसा एक महिनासम्म थप गरिएको छ भने सिभिल आईडीधारी, विगतमा कम्पनीमा काम गरेका कर्मचारी र घरेलु कामदारहरूले कुवेत बाहिर ३ महिनाभन्दा बढी बस्दा सिभिल आईडी रद्द नहुने व्यवस्था लागू गरिएको छ। यो नियम २०२६ फेब्रुअरी २८ देखि लागु भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका अतिरिक्त, अन्य भिसावाहकहरूले आफ्नो रोजगारदातासँग सम्पर्क गरी भिसा अवधि नवीकरण गराउन आवश्यक रहेको दूतावासले जनाएको छ। कुवेतमा रहेका नेपालीलाई कन्सुलर तथा अन्य सेवाका लागि दूतावास नियमित खुला रहेको पनि जानकारी दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?