National life

नेपाल एसबीआई बैंकको लाभांश घोषणा : कहिले पाउँछन् सेयरधनीले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०९ मंसिर २०८२, मङ्गलबार
542Shares
नेपाल एसबीआई बैंकको लाभांश घोषणा : कहिले पाउँछन् सेयरधनीले ?
ncell

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले चालू आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ।

मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकका अनुसार प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत नगद (कर प्रयोजनसहित) र ४ प्रतिशत बोनस सेयर रहने छन्। सञ्चालक समितिको निर्णयअनुसार सो प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिनेछ।

Royal Enfield
nic asia capital

त्यस्तै, आगामी ३२औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?