National life

नेपाल टेलिकमको मजबुत वित्तीय स्थिति, ७३ अर्बभन्दा बढी रिजर्भ

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०१ मंसिर २०८२, सोमबार
472Shares
नेपाल टेलिकमको मजबुत वित्तीय स्थिति, ७३ अर्बभन्दा बढी रिजर्भ
ncell

काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको प्रमुख वित्तीय सूचकाँकहरूमा गिरावट देखिएको छ।

कम्पनीले समीक्षा अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जो अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ७३ करोड रुपैयाँ नाफासँग तुलना गर्दा २३.८२% ले कम हो।

Royal Enfield
nic asia capital
आम्दानीतर्फ पनि कम्पनीले यस अवधिमा ९ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको १० अर्ब ६ करोड रुपैयाँ भन्दा ५.८९% ले कम हो।

कम्पनीको रिजर्भ ७३ अर्ब ३ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.८५% ले घटेको हो। कुल चालु सम्पत्ति ५० अर्ब ७६ करोड रुपैयाँ र चालु दायित्व २१ अर्ब ७८ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) अघिल्लो वर्षको ३८.६६ रुपैयाँ बाट घटेर २९.४५ रुपैयाँ मा झरेको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ५०५.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति ७०२.०४ रुपैयाँ, तरलता अनुपात २.३३, र PE अनुपात २८.७२ गुणा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?