National life

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की हात्तिबनबाट पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
938Shares
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की हात्तिबनबाट पक्राउ
ncell

काठमाडौँ । नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीलाई हात्तिबनबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी डा. मनोज केसीले बताए ।

दरबारमार्ग स्थित नेपाल ट्रस्टको जग्गा जग्गा थामशेर्कु ट्रेकिङ्गलाई लिजमा दिँदा त्रुटिपूर्ण निर्णय गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Royal Enfield
nic asia capital

यसअघि पूर्व सह सचिवलाई लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ६६ वर्षीय कार्कीलाई सीआईबीले कार्तिक २१ मा चितवनबाट पक्राउ गरेको थियो ।

करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ताभन्दा थप कित्ता जग्गा थामशेर्कुलाई दिएको भेटिएको छ । दरबारमार्गमा रहेको कित्ता नम्बर ४६०६ नम्बरको जग्गा मात्र दिने सूचना प्रकाशित गरिएको तर, सम्झौतामा अर्को कित्ता ४६०५ समेत थपेर करार सम्झौता गरेको भेटिएको सीआईबीका एआईजी डा. केसीले बताए । निर्माण अवधि ३ वर्ष समेत गरेर ३० वर्षको लागी सो जग्गा लिजमा दिएको भेटिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
938SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?