काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा प्रा. डा. डिल्लीराज शर्मा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले शर्मा अध्यक्षमा चयन गरेको थियो ।
नव नियुक्त अध्यक्ष शर्माले आज असोज २ गते नेपाल राष्ट्र बैंकका गर्भनर प्रा।डा। विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
नयाँ अध्यक्ष नियुक्तिसँगै बैंकले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने अपेक्षा राखिएको छ।






































