National life

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ९ अर्बमा सीमित

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१८ माघ २०८२, आइतबार
962Shares
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ९ अर्बमा सीमित
ncell

काठमाडौँ। साताको सुरुआती कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट देखिएको छ। दिनभरको कारोबारपछि नेप्से परिसूचक १९.८५ अंकले घट्दै २,६९४.२० बिन्दुमा सीमित भएको हो।

Royal Enfield
nic asia capital

आजको बजारमा २ करोड २० लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब १० करोड रुपैयाँ नाघेको छ। कारोबार भएका कम्पनीहरूमध्ये ५० वटाको शेयर मूल्य उकालो लागेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ। बाँकी ९ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन देखिएन।

आइतबार मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्किट लेभलसम्म पुगेको छ। कारोबार रकमको आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो, जसको मात्र ५५ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

यो समाचार शेयर गर्नुहोस्
962SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?