काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १६.६७ अंकले बढेर २५०३.८६ मा पुगेको हो ।
आइतबार ३ सय २३ कम्पनीले २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपैयाँको ६१ लाख ९९ हजार ९२९ कित्ता सेयर किनबेच गरेका छन् ।
आइतबार १ सय ६३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै, आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड १० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता न्युनतम मूल्य १ हजार २८१ रुपैयाँ रहेको छ ।
आइतबार नेप्से बढ्दा आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।


































