National life

नेप्सेमा यी ६ कम्पनीको बोनस सेयर समायोजन, नयाँ मूल्यसहित बिहिबार कारोबार खुल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१६ पुस २०८२, बुधबार
790Shares
नेप्सेमा यी ६ कम्पनीको बोनस सेयर समायोजन, नयाँ मूल्यसहित बिहिबार कारोबार खुल्ने
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार ६ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन गरिएको छ। नेशनल लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक, महुली लघुवित्त, अपर हेवाखोला, निर्धन उत्थान लघुवित्त, र चिलिमे हाइड्रोपावरको बोनस सेयर मूल्य समायोजन पछि दोस्रो बजारमा कारोबार खुल्ने भएको छ।

                                       समायोजन पछि कम्पनीहरूको नयाँ सेयर मूल्य 








Royal Enfield
nic asia capital








































कम्पनी नामबोनस प्रतिशतअन्तिम कारोबार मूल्य (रु.)समायोजित मूल्य (रु.)
नेशनल लाइफ इन्स्योरेन्स४%६०५५८१.७३
ग्रीन डेभलपमेन्ट बैंक८.०३९६%१२१०१११९.९६
महुली लघुवित्त४.७५%१३३९.९०१२७९.१४
अपर हेवाखोला१५%६२४५२४.६१
निर्धन उत्थान लघुवित्त१५%६२४५२४.६१
चिलिमे हाइड्रोपावर८%५०६.९०४६९.३५

 

नेशनल लाइफ इन्स्योरेन्सको ४% बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ५८१.७३ रुपैयाँ कायम भएको छ। ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६% बोनस सेयर समायोजन पछि सेयर मूल्य १११९.९६ रुपैयाँ, महुली लघुवित्तको ४.७५% बोनस सेयरपछि १२७९.१४ रुपैयाँ, अपर हेवाखोला र निर्धन उत्थान लघुवित्तको १५% बोनसपछि ५२४.६१ रुपैयाँ, र चिलिमे हाइड्रोपावरको ८% बोनसपछि ४६९.३५ रुपैयाँ कायम भएको छ। यी समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीहरूको सेयर कारोबार खुल्नेछ।

यो समाचार शेयर गर्नुहोस्
790SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?