National life

नेप्सेमा लगातार चार दिन ओरालो, साता भरमा सूचक ४४.८४ अंकले घट्यो शेयर बजार

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१९ मंसिर २०८२, शुक्रबार
533Shares
नेप्सेमा लगातार चार दिन ओरालो, साता भरमा सूचक ४४.८४ अंकले घट्यो शेयर बजार
ncell

काठमाडौं । धितोपत्र बजारमा यो साताभर समग्र व्यापारिक माहोल दबाबमा रह्यो। आइतबारदेखि बुधबारसम्म चार दिन निरन्तर गिरावट आउने क्रममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कुल ४४.८४ अंकले ओरालो लागेको छ। बिहीबार सार्वजनिक बिदा भएकाले बजार बन्द रहेको थियो।

Royal Enfield
nic asia capital

साता भर नेप्सेमा आएको गिरावटसँगै कुल कारोबार रकम पनि तुलनात्मक रूपमा सीमित रह्यो। चार दिनको कारोबार मिल्दा २० अर्ब रुपैयाँभन्दा केही बढीको मात्रै व्यापार भएको देखिन्छ। जस अनुसार दैनिक सूचक अन्तर्गत साताको पहिलो कारोबारका दिन शेयर बजारआइतबार नेप्से २६.५१ अंकले घटेको थियो भने दोस्रो दिन सोमबार सूचक थप ४.२८ अंकले ओरालो लागेर बन्द भएको थियो । त्यस्तै, बाकी रहेको दुई कारोबार दिनमध्येमा मंगलबार पनि बजार ०.५३ अंकले झरेर बन्द भएको थियो भने कारोबारको अन्तिम दिन बुधबार सूचक १३.५२ अंकले घट्दै २,६३१.१७ विन्दुमा बजार बन्द भएको छ ।

यस साताभरमा ४ दिन मात्रै कारोबार भएको हो । किनकि १८ गते उँधौली पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको कारण बजार उक्त दिन बन्द भएको हो । नेप्से लगातार चार दिनसम्म घट्नुमा मनोबलमा पनि दबाबको संकेत मानिएको छ। विभिन्न समूहगत सूचकमा पनि समानान्तर कमजोर प्रवृत्ति देखिएको अनुमान विश्लेषकहरूले गरेका छन्।

दैनिक कारोबार रकम

 आइतबार: ६ अर्ब ९८ करोड रुपैयाँ
सोमबार: ४ अर्ब ६४ करोड रुपैयाँ
मंगलबार: ४ अर्ब ४२ करोड रुपैयाँ
 बुधबार: ५ अर्ब २० करोड रुपैयाँ

बजारमा कारोबार रकम पनि उतार–चढावसहित सामान्य तहमै सीमित रहेकाले समग्र लगानी वातावरण यस साता दबाबयुक्त रहेको देखिन्छ। आगामी साताभित्र बजारमा सुधार आउँने वा वर्तमान क्रममै रहिरहने भन्नेबारे निवेशकहरू उत्शुक देखिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?